दिग्गज बुमराहको एक क्यालेण्डर वर्षमा ५० विकेट पूरा

IMG-20241207-WA0138

एडिलेड: जसप्रीत बुमराहले भारतीय क्रिकेटका महान खेलाड़ीहरूका विशेष लिस्टमा आफ्नो नाम दर्ता गराएका छन्। बुमराह एक क्यालेण्डर वर्षमा ५० या त्यसभन्दा अधिक अन्तर्राष्ट्रिय विकेट लिने चौथो भारतीय बलर बनेका छन्। उनले अष्ट्रेलियाविरुद्ध डे-नाइट दोस्रो टेस्ट म्याचको पहिलो दिन उस्मान ख्वाजालाई १३ रनको व्यक्तिगत स्कोरमा आउट गरेर यस खास उपलब्धिलाई हासिल गरे। एक क्यालेण्डर वर्षमा सर्वाधिकपल्ट ५० या त्यसभन्दा अधिक विकेट लिने बलरहरूका सूचीमा कपिल देव शीर्षमा रहेका छन्। उनले २ पल्ट यस उपलब्धिलाई हासिल गरेका थिए। कपिलले १९७९-मा ७४ विकेट अनि १९८३-मा ७५ विकेट लिएका थिए। त्यसपछि पेस बलर जहीर खानले २००२-मा ५१ विकेट लिएका थिए। यसपाली बुमराह २००४-मा ५० विकेटसम्म पुगेका छन्। बुमराहको यो उपलब्धि एउटा अलग विशेषताको साथ आएको छ कारण उनको वर्तमानमा १५.१४-को असाधारण औसत रहेको छ। ३० वर्षीय बुमराह सबै प्रारूपहरुमा भारतीय बलिंग आक्रमणको आधारशिला रहेका छन्, जसमा गति, सटीकता र दबाउमा प्रदर्शन गर्ने क्षमता सामेल छ। साल २०२४-मा उनको अविश्वसनीय आँकड़ाले वैश्विक मञ्चमा भारतको प्रभुत्वमा उनको महत्त्वपूर्ण भूमिकामा रेखांकित गर्छ। बुमराहले एकपल्ट अर्को रेकर्ड तोड़्दै आउँदो पीढ़ीका पेस बलरहरूलाई प्रेरित गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement