गजल

00-1-Gazal

हुनेलाई पनि साह्रो छ, नहुनेलाई पनि सारो छ (साह्रो)

भए पनि,नभए पनि तर जिन्दगी चाहिँ गारो छ ( गाह्रो)

छ भनेर गदगदिनु पनि पीर छैन भनेनि झन पीर

होस् कि नहोस् तर हिँड्ने बाटोमा घोंच्ने घारो छ

चाप्लुसी गर्ने, खुशामद गर्ने जहरिला हुन्छन् अरे

यस्तो उत्कृष्ट प्रतिभा नहुने चैं आँखाको छारो छ

सत्य बोले दुश्मन होइन्छ, झूट बोलेमा लाभै लाभ

आँखा चिम्म गरी पछ्याउनेलाई सबैतिर चारो छ

प्यासमा पानी पिउन नपाए आत्मा कति तड्पिन्छ

के गर्नू हजूर हामीदेखि धेरै टाढा पहरामा धारो छ

दुःख-पीरको पहाड खसे, वितृष्णा जाग्छ जीवनमा

नबाँचुं भन्दा भन्दैनि किन किन यो जीवन फारो

कलियुग हो अरे त्यसैले सत्य हार्नुपर्ने नियम बन्यो

त्यसैले त यहाँ राम हेला रावण आँखाको  तारो छ

झूटको बजारमा सत्य कहाँ बिक्री हुन्छ र महाशय

झूट धेर बिकेर नै हाम्रो जति अझै पनि कमारो छ

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement