सरस्वती बिद्या निकेतनको वार्षिक कार्यक्रममा शिक्षा मन्त्रीको उपस्थिति रहने

n6423115021733511328218e440026827c6d91345990731ee6a1096d0c2d4b8715b99c7c84b6716a2e004f0

गान्तोक: विद्या भारती सिक्किमद्वारा रानीपुलमा सञ्चालन भइरहेको सरस्वती विद्या निकेतनको वार्षिक कार्यक्रम आगामी ९ दिसम्बरका दिन आयोजना हुँदैछ। रानीपुल छेउ कृषि विश्वविद्यालयको प्रेक्षागृहमा आयोजना गरिने विद्यालयको वार्षिक कार्यक्रममा सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथिको रूपमा उपस्थित रहने छन्।
२०१० सालमा स्थापना भएको सो विद्यालयले हाल १४ वसन्त पार गरेको छ। हाल निम्न माध्यमिक तहसम्म सञ्चालन भइरहेको विद्यालयमा ३सयको संख्यामा विद्यार्थीहरू अध्ययनरत रहेका छन्। आगामी दिनमा सो विद्यालयलाई माध्यमिक र उच्च माध्यमिक तहसम्म बढ़ाउने लक्ष्य रहेको विद्या भारती सिक्किमका कार्यालय सचिव सूर्य धितालले बताएका छन्।
सचिब धितालले जानकारी गराउॅंदै सिक्किम सरकारको शिक्षा विभागमा पञ्जीकृत यस विद्यालय एउटा गैर सरकारी संस्था विद्या भारतद्वारा सञ्चालितरहेको छ। सिक्किम राज्यका सबै जिल्लाहरूमा विद्या भारती सिक्किममा सम्बद्ध विद्यालयहरू र संस्कार केन्द्रहरू सञ्चालित रहेको बताए।
उनले विद्यालयको वार्षिक कार्यक्रम आयोजन गर्नुको उद्देश्य विद्यार्थीहरूको मनोबल र आत्मविश्वास बढाउॅंदै समग्र विकास सुनिश्चित गर्नु रहेको बताए।
सो अवसरमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम र प्रतिभा प्रदर्शन गर्ने छन्। कार्यक्रममा कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको जनाए। कार्यक्रममा गणमान्य व्यक्तित्वहरू, विद्या भारती सिक्किमका पदाधिकारीहरु, प्रधानाचार्यहरू, शिक्षकहरू, अभिभावक र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहने कार्यालय सचिव धितालले आज जारी एक प्रेस विज्ञप्तिमा मार्फत जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement