मुख्यमन्त्री तामाङ अष्टलक्ष्मी महोत्सवमा सहभागी

IMG-20241206-WA0249

गान्तोक: उत्तरपूर्व भारतको समृद्ध सम्पदा र आर्थिक सम्भावनालाई उजागर गर्ने पहिलो सांस्कृतिक महोत्सव अष्टलक्ष्मी महोत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी भएका छन्। नयाँ दिल्लीको भारत मण्डपमा आयोजित महोत्सवको उद्घाटन देशका प्रधानमन्त्री नरेन्द्र मोदीको बाहुलीद्वारा गरिएको थियो। कार्यक्रममा केन्द्रीय डोनर मन्त्री ज्योतिरादित्य सिन्धिया, केन्द्रीय राज्यमन्त्री सुकान्त मजुमदार र उत्तरपूर्वी राज्यका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरुको उपस्थिति रहेको थियो। 6 देखि 8 दिसम्बरसम्म चल्ने तीन दिवसीय महोत्सवमा पूर्वोत्तरका आठ राज्यका जीवन्त सांस्कृतिक परम्परा, कला, शिल्प र कृषि उत्पादनको प्रदर्शन गरिएको छ। जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अष्टलक्ष्मी’ को संज्ञा दिएका हुन्। हतकर्घा,पर्यटन र ग्रामीण विकास जस्ता क्षेत्रमा आर्थिक वृद्धिलाई बढावा दिँदै यस क्षेत्रका अद्वितीय उत्पादलाई विश्व बजारसँग जोड्नु यस कार्यक्रमको उद्देश्य रहेको मुख्यमन्त्रीले उल्लेख गरे। पूर्वोत्तरलाई अवसर र समृद्धिको हबमा रूपान्तरण गर्ने प्रधानमन्त्रीको दूरदर्शी प्रयासको पनि मुख्यमन्त्रीले प्रशंसा गरे। महोत्सव पूर्वोत्तरका विविध संस्कृतिलाई वैश्विक मञ्चमा पु-याउने र उत्थान गर्ने भारतको प्रतिबद्धताको एक उदाहरण रहेको मुख्यमन्त्रीले उल्लेख गरे। महोत्सवका मुख्य आकर्षणहरूमा कारीगर प्रदर्शनीहरू, ग्रामीण उत्पादहरु र क्षेत्रीय विकाससम्बन्धी प्राविधिक सत्रहरू समावेश छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement