पाकिममा १७औं शुक्रबार फिल्ड डेको आयोजना

IMG-20241206-WA0248

पाकिम: पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल कार्यालयले १७औं शुक्रबार फिल्ड तथा फार्म डे सफलतापूर्वक सम्पन्न गरेको छ। टोलीले जिल्लाअन्तर्गत विभिन्न गाउँमा प्रयोगमा नआएका कृषिजन्य जमीनमा खेती गर्ने अभ्यास र कृषि उत्पादकत्वमा बृद्धि गर्ने उद्देश्यले अभियान चलाएको छ। यो कार्यक्रम कृषि सुधार गर्ने र सक्रिय सामुदायिक संलग्नतालाई गम्भीरतासित लिने उद्देश्यले शुरु गरेको छ। यस फिल्ड डे अन्तर्गत अधिकारीहरुको टोलीले स्थानीय कृषकहरू, ग्राम पञ्चायतका सदस्यहरू र सरकारी कर्मचारीहरूसँग अन्तरक्रिया गरेको थियो। कार्यक्रमले खेती र कृषकहरुको आर्थिक वृद्धिको लागि अवसर प्रदान गरिरहेको उल्लेख गरेको छ। यसअन्तर्गत लामो समयदेखि बेवास्ता गरिएको बाँझो जमीनलाई प्रयोग गर्ने लक्ष्य राखिएको छ। जसमा आधुनिक खेती प्रविधि र दिगो कृषि अभ्यासहरू प्रयोग गरेर ती गाउँहरुलाई उत्पादनशील खेतीभूमिमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement