दक्षिण कोरियामा राष्ट्रपति युन सुक–योलविरुद्ध प्रदर्शन भइरहेको। विरोध प्रदर्शन गर्न कोरियाका एक पूर्व सैनिकले आफ्नो कपाल खौरिएका छन्। बिहीबार बिहान पूर्व सैनिकहरूले राष्ट्रपतिको कार्यालय अगाडि जुलुस निकाले, जसमा उनीहरूले युनलाई सत्ताबाट हटाउन माग गरे। यसी विरोधको क्रममा एक जना पूर्व सैनिक र उनकी श्रीमतीले आफ्ना प्रदर्शनकारी साथीहरूका अगाडि कपाल खौरिए। दक्षिण कोरियामा विरोध गर्न कपाल खौरिने चलन निकै पुरानो हो। १९६० र ७० को दशकमा जब दक्षिण कोरियामा सैन्य तानाशाही थियो, मानिसहरूले प्रशासनको विरोधमा प्रायः आफ्नो कपाल खौरिने गर्थे। पछिल्ला केही दशकहरूमा सामाजिक कार्यकर्ता र राजनीतिज्ञहरूले यसलाई विरोधको रूपमा अपनाएका छन्।