दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा 20 औं छैटौं अनुसूची सम्झौता दिवस पालन गरेका छन्। गोरामुमो दार्जीलिङ ब्राञ्चको आयोजना गरिएको समारोहमा प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष मन घिसिङ उपस्थित रहेका थिए। दार्जीलिङ विधानसभा क्षेत्रका विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बा, केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ , सेक्रेटरी जनरल, एनबी छेत्री, ऋषि थापा, दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष, एमजे सुब्बा, खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का, कालेबुङ कार्यकारिणी सचिव लोप्साङ तामाङ, केन्द्रीय समिति सदस्यगण, भ्रातृ संगठनका प्रतिनिधिबवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई दार्जीलिङ ब्राञ्च कमिटी सचिव पुरण राईले सञ्चालन गरेका थिए भने संस्थापक पार्टी अध्यक्ष सुवास घिसिङको तस्वीरमा दिप प्रज्वलन गरी विभिन्न सांस्कृतिक कार्यक्रमबीच छैटौं अनुसूची सम्झौता दिवस समारोह सम्पन्न भएको थियो। दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजे सुब्बाद्वारा स्वागत भाषण राखिएको कार्यक्रममा वक्ताहरुले छैटौं अनुसूचीको औचित्यबारे जानकारी गराए।

आफ्नो सम्बोधन राख्दै केन्द्रीय समिति सेक्रेटरी जनरल ऋषि थापाले भने, आज छैटौं अनुसूची मान्यता दिवस मनाएको पनि बीस वर्ष लागि सक्यो। तर त्यस समयका सरकारले यसलाई लागु गर्नु नसक्दा आज हामीले प्रतिवाद स्वरुप छैटौं अनुसूची सम्झौता दिवस मनाउँदैछौं। जसले छैटौं अनुसूची बिगार्यो अब पहाडले उनीहरुलाई हिसाब माग्नुपर्छ। यदि हामी पहाडवासी एक भयौं भने छैटौं अनुसूची लागु हुन्छ तर हाम्रोहरु तराई अनि मधेशको रुखहरु हल्लाइरहेका छन्। अब गोर्खाहरुको समस्याको समाधान केवल छैटौं अनुसूची मात्र हो। चियाबारीको समस्याको समाधान छैटौं अनुसूचीमा छ किनभने चियाबारी जीटीएमा पर्दैन। आफ्नो सम्बोधन राख्दै विधायक निरज जिम्बाले भने, छैटौं अनुसूची बुझ्नेले बुझिसकेको छ। नबुझ्नेले कहिले बुझ्नु चाँहादैन। अब चाहिँ सम्झौता दिवस होइन अर्कोपाली छैटौं अनुसूची मान्यता दिवस मनाउने संक्ल्प हुनुपर्छ।

सुवास घिसिङले खिर पकाएको हो तर तपाईं हामीले नै खिरमा नुन हालेको हो। पहाडको निम्ति दिल्लीमा के पाक्दैछ त्यो सबैलाई थाहा हुँदैछ।

गोरामुमोले दार्जीलिङदेखि दिल्लीसम्म पुल बनाउने कार्य गर्दैछ। छैटौं अनुसूचीमाथि सबै गर्नु पर्ने कुरा सुवास घिसिङले गरिसकेका छन्। हस्ताक्षर गरिसकेको कुरालाई दुईपटक हस्ताक्षर गर्नु मिल्दैन। तर अब माटोको सम्झौता हुँदा विरोध नगरिदिने बिधायक निरज जिम्बाले आफ्नो वक्तव्यको क्रममा भने। छैटौं अनुसूचीमाथि सबै गर्नु पर्ने कुरा सुवास घिसिङले गरिसकेका छन्। हस्ताक्षर गरिसकेको कुरालाई दुई पटक हस्ताक्षर गर्नु मिल्दैन। तर अब माटोको सम्झौता हुँदा विरोध नगरिदिने, राम्रो हुन्छ, हाम्रो हुन्छ। त्यो के सबैलाई थाहा छ भनी आफ्नो वक्तव्यको क्रममा विधायक निरज जिम्बाले भने। प्रमुख अतिथिको रुपमा बोल्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, हामी एक अर्कामा हिलो छेपाइको राजनीति गरेर कुनै टुङ्गोमा पुग्न सकेको छैनौं। गोर्खा जातिले पाउनु पर्ने न्याय अहिलेसम्म पाएका छैनौं। एक अर्कामा जुझेर केही पनि हुँदैन। सबै एक हुन पर्छ मुद्दामाथि चर्चा गर्नुपर्छ। चारैतिर हेरेर हिन्नु हुँदैन। तर एउटा लक्ष्य लिएर हिड्नुपर्छ हाम्रो एकता कायम गर्नुपर्छ। जे पनि गर्नुहोस् तर जाति अगाडी बडेको हुनुपर्छ। अब गोर्खा जातिले यसपाली न्याय पाएको हुनुपर्छ भनेर म भन्छु तर यसमा पनि रिसाउँछ एक। बीस वर्षको पाइला टेकिसकेको छ। अब त न्याय पाउनुपर्छ। यसकारण अब सबै एक हुनुपर्छ।









