हेरोइन सहित कारोवारी पुलिसको नियन्त्रणमा

IMG-20240717-WA0003

गुवाहाटी(असम): पुलिसले अमिनगाउँ क्षेत्रमा गुप्त सूचनाको आधारमा अभियान चलाएर कछार जिल्ला मुख्यालय शहर सिलचरबाट बरपेटा गइरहेको एक अल्टो कार (एएस-२४बी-२४८५)- बाट लागु औषध बरामद गरिएको छ।
पुलिस मुख्यालयबाट आज जारी सूचना अनुसार वाहनलाई अमिनगाउँमा रोकेर जाँच गर्ने क्रममा कारको भित्री च्याम्बरमा लुकाएर राखिएको अबस्थामा १सय ८२ ग्राम (कभर बिनाको) हेरोइनले भरिएका १८ वटा साबुनदानीहरू बरामद गरिएको छ। सो घटनामा पुलिसले सिलचर निवासी मासुम चौधरी (२३) र बरपेटा निवासी उनका सहयोगी काजी सनोवर हुसैन (२४)- लाई पक्राउ गरेको छ। उक्त घटनालाई लिएर पुलिसले आवश्यक कारबाही शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement