सिन्कोना गोल्ड कपः फ्यूचर स्टार स्पोर्टिंग क्लबको रोमाञ्चक जीत

photocollage_20241261956371

कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा फ्यूचर स्टार स्पोर्टिंग क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। मंगलधुरा खेल मैदानमा शुक्रवार भएको म्याचमा सिक्किमको फ्यूचर स्टार स्पोर्टिंग क्लबले युनाइटेड गिडाब्लिंगविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट प्रीतम सन्यासी , टेण्डन लेप्चा र प्रकाश छेत्रीले गोल गरे। यसरी युनाइटेड गिडाब्लिंगबाट नोरजोंग लेप्चा र एरोन लेप्चाले गोल गरे। शनिवार खेलिने म्याचमा पुनाका भूटान र एकाडमी नाइट्स, गान्तोकबीच भिड़न्त हुनेछ। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।

About Author

Advertisement