दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा जोजो सेवेनले रोमाञ्चक जीत हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा शुक्रवार भएको म्याचमा जोजो सेवेनले ब्ल्यूस दार्जीलिङविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल राहुल तामाङले गरे। विजेता टीमका साहिल तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।