सिलगढी: गाडीको ठक्करबाट हुलाक कार्यालयमा कार्यरत एक महिला कर्मचारीको मृत्यु भएको छ। मृतकको नाम देबोरिता दास हो। उनी सिलगढीको अरविन्दोपल्ली क्षेत्रकी बासिन्दा थिइन्। दिनहुँजस्तै हिजो पनि देबोरिता हुलाक कार्यालयको काम सिध्याएर घर फर्कने क्रममा मिलनपल्ली नजिकै पछाडिबाट आउँदै गरेको ट्याक्टरले ठक्कर दिँदा देबोरीता गम्भीर घाइते भएकी हुन्।
घटनापछि उनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। तर उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल सूत्रले बताएको छ। यता भने, सिलगढी पुलिस थानाले दुर्घटना गराउने गाडीलाई नियन्त्रणमा लिएर अभियुक्त चालकलाई पक्राउ गरेको छ। अभियुक्तको नाम प्रदीप मुण्डा रहेको बताइएको छ।
आज अभियुक्त चालकलाई सिलगढी अदालतमा पेश गरेको छ। जानकारी अनुसार देवरिता विगत ९ वर्षदेखि हुलाक कार्यालयमा कार्यरत थिइन्। उनको निधनपछि परिवारजन शोकमा डुबेका छन। उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा पोष्टमार्टमपछि देबोरिताको शव आजै अस्पतालले परिवारलाई जिम्मा लगाएको छ।