अलिपुरद्वार: वन विभागले वन विभागको जमिनमा अवैध निर्माण भत्कायो। अलिपुरद्वार जिल्लाको गरमबस्ती क्षेत्रमा वन विभागको जग्गा अवैध रुपमा कब्जा गरेर शोरुम निर्माण गरिएको सारोप छ। बक्सा टाइगर प्रोजेक्ट वन विभागका अधिकारी र वनकर्मीले शुक्रबार बिहान अवैध अतिक्रमण विरुद्ध अभियान शुरु गरे। सो रुमलाई जेसीबीले भत्काइयो। कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा पुलिस परिचालन गरिएको थियो।