बरपेटामा रेलवे पुलिसबाट महिलाको उद्धार , महिला बेच्ने दलाल समातिए

IMG-20240717-WA0003

बरपेट (असम): असममा महिला बेच बिखन गर्ने गिरोह सक्रिय भएका छन्। महिलाहरू बेपत्ता भएका समाचारहरू लगातार आइरहेका छन्। यसरी नै एकजना गिरोहका सदस्य द्वारा प्रलोभनमा देखाएर दिल्ली लगिरहेको बरपेटाकी एकजना युवतीलाई रेलवे पुलिसले उद्धार गरेको छ।
गुवाहाटीदेखि नर्थ ईस्ट एक्सप्रेस ट्रेन मार्फत दिल्ली गइरहेकी उक्त युवतीलाई संदिग्ध अवस्था छोड़िएको थियो।
यस क्रममा रेलवे पुलिसले एकजना गिरोहका सदस्यलाई पनि पक्राउ गरेको छ,जसको पहिचान धुबड़ी निवासी नबिरूल इल्सामको रूपमा भएको छ। नबिरूल इस्लामको तीन दिनअघि मात्र ती युवतीसित परिचय भएको थियो।
उल्लेखनीय छ, कामको खोजीमा हिँड़ेका असमका अधिकाँश महिला बेच बिखन गर्ने गिरोहका सदस्यहरुले युवतीहरूलाई झूटो प्रलोभन देखाएर राज्यदेखि बाहिर पुऱ्याएर देह ब्यापार गर्नेहरुको हातमा बेच्ने गर्दछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement