बंगीय हिन्दू महामञ्चद्वारा बंगलादेशी नागरिकलाई होटल प्रवेशमा प्रतिबन्ध लगाउने माग

IMG-20241206-WA0176

सिलगढी: बंगलादेशमा अल्पसंख्यकहरूमाथि भएको दमन, चिन्मयानन्द महाप्रभुको पक्राउ र भारतीय राष्ट्रिय झण्डाको अपमानको विरोधमा विभिन्न संगठनहरूले आवाज उठाएका छन्। बंगलादेश विरोधी प्रदर्शन देश भर र पश्चिम बंगालमा एक पछि अर्को सुरु भएको छ। बंगीय हिन्दू महामञ्च पनि बंगलादेशमा अल्पसंख्यकमाथि हुने दमनको विरुद्ध सडकमा उत्रिएको छ। संस्थाले कुनै पनि बंगलादेशीलाई होटलमा बस्न नदिने र बंगलादेशी नागरिक बसेको होटल तत्काल खाली गर्न निर्देशन दिएको छ। तर, यसअघि मालदाका होटल व्यवसायीहरूले बंगलादेशी पर्यटकलाई आफ्नो होटलमा प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए। आज महामञ्चले यस मागलाई लिएर सिलगढी ग्रेटर होटेलियर्स वेलफेयर एसोसिएसनलाई सम्पर्क गर्‍यो। बंगाली हिन्दू महामञ्चका अध्यक्ष विक्रमादित्य मण्डलले भने, ‘बंगलादेशमा जसरी अल्पसंख्यकमाथि आक्रमण भइरहेको छ, भारतको राष्ट्रिय झण्डाको अपमान भइरहेको छ, त्यसविरुद्ध हाम्रो आन्दोलन जारी रहनेछ। होटल मालिकहरूलाई सिलगढीको कुनै पनि होटेलमा बंगलादेशीहरूलाई नराख्न भनिएको छ, जो पहिले नै त्यहाँ छन् उनीहरूलाई पनि तत्काल निष्कासन गर्नुपर्दछ। यो माग सबै शैक्षिक संस्था र चिकित्सा संस्थाहरूमा पनि विस्तार गरिनेछ ताकि तिनीहरूले कुनै पनि बंगलादेशीहरूलाई सेवाहरू प्रदान गर्न नपरोस्।‘ सिलगढी ग्रेटर होटेलियर्स वेलफेयर एसोसिएसनका सहसचिव उज्ज्वल घोषले भने, ‘हामी बंगलादेशमा उत्पन्न अशान्तिको विरोध गरिरहेका छौं, तर, बंगलादेशीहरूलाई होटलमा बस्न दिने वा नदिने भन्ने निर्णय अन्य सदस्यहरूसँग छलफल गरेर लिइनेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement