लागु औषधसहित तीनजना समातिए

IMG-20241206-WA0196

सिलगढी: जाडोमा सिलगढीको लागु औषधि बजार तातेको छ। लागुऔषध ओसारपसारका लागि एकपछि अर्को योजना तयार भइरहेका छन् तर सतर्कता र चासोका कारण प्रहरीले हरेक योजनालाई असफल बनाउँदै लगेको छ। पछिल्लो दुई दिनमा भक्तिनगर र प्रधाननगर प्रहरी थानाले एसओजीसँग मिलेर ठूलो सफलता हात पारेको छ। बुधबार भक्तिनगर प्रहरी चौकीले एसओजीसँगको टोलीले १ किलो ३सय ग्राम ब्राउन सुगरसहित लागुऔषध तस्करलाई पक्राउ गरेको हो। बरामद ब्राउन सुगरको मूल्य ५० लाख रहेको बताइएको छ।
सोही घटनाको २४ घण्टा नबित्दै एसओजीले प्रधाननगर प्रहरी थानाको प्रहरीसँग संयुक्त अभियान चलाउर्दै लाखौं मूल्यको ब्राउन सुगरसहित दुईजना लागुऔषध कारोवारी र अन्य एक जनालाई पक्राउ गरेको छ। एक स्कुटर पनि नियन्त्रणमा लिएको छ। अभियुक्तहरुको नाम अन्तो दास, नूर आलम मोमिन र सफिकुल इस्लाम रहेका छन्। यी तीनमध्ये अन्तो दास माटिगाराको पतिरामजोतका र बाँकी दुई मालदाको कालियाचकका बासिन्दा रहेको बताइएको छ।
प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार मालदाको कालियाचकका दुईजना बिहीबार साँझ वडा नम्बर ३ को महानन्द पुलमुनि रहेको विद्यालय नजिक ब्राउन सुगर दिन आएका थिए। एसओजीले यसबारे जानकारी पाएलगत्तै प्रधाननगर प्रहरी चौकीका प्रहरीसँग मिलेर कारबाही थालेपछि दुईजना शंकास्पद अवस्थामा उभिएको देखे। त्यसपछि उनको खोजी गर्दा उनको साथबाट प्याकेटमा रहेको ५ सय ग्राम ब्राउन सुगर बरामद भएको थियो।
सोधपुछका क्रममा उनले एक व्यक्ति लागुऔषध लिन आउने गरेको बताए। त्यसपछि प्रहरीले लागुऔषध कारोवारी सहित खरीदकर्तालाई पक्रन पर्खिरहेको थियो। केही समयपछि उक्त व्यक्ति ब्राउन सुगर लिन स्कुटरमा पुगेपछि प्रहरीले उनलाई समात्यो। आज तीनै जना अभियुक्तलाई अदालतमा पेश गरिएको छ। प्रहरीले सो घटना बारे अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement