मकवानपुरमा टिपर दुर्घटना, चालकको मृत्यु

IMG-20241206-WA0181

मकवानपुर: मकवानपुरमा सवारी दुर्घटनामा परी एकजनाको मृ*त्यु भएको छ। मृत्यु हुनेमा चितवन निवासी अन्दाजी ४०।४१ वर्षीय सानु लो तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
शुक्रबार बिहान ८.१५ बजे बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकको निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग खण्डतर्फ हात्तिसँडेबाट ग्राबेल लिएर जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर दुर्घटना भएको थियो। मृतक तामाङ सोही ट्रिपरका चालक हुन्। ट्रिपर अनियन्त्रित भई सडकबाट २५र३० मिटर तल खोल्सामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement