मकवानपुरमा टिपर दुर्घटना, चालकको मृत्यु

IMG-20241206-WA0181

मकवानपुर: मकवानपुरमा सवारी दुर्घटनामा परी एकजनाको मृ*त्यु भएको छ। मृत्यु हुनेमा चितवन निवासी अन्दाजी ४०।४१ वर्षीय सानु लो तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
शुक्रबार बिहान ८.१५ बजे बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकको निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग खण्डतर्फ हात्तिसँडेबाट ग्राबेल लिएर जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर दुर्घटना भएको थियो। मृतक तामाङ सोही ट्रिपरका चालक हुन्। ट्रिपर अनियन्त्रित भई सडकबाट २५र३० मिटर तल खोल्सामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

About Author

Advertisement