जलपाईगढी: शुक्रबार जलपाईगढीमा नागरिक रक्षा दिवस मनाइयो। जिल्लापाल परिसरमा रहेको नागरिक रक्षा कार्यालयमा जिल्लापाल तथा नागरिक रक्षा प्रमुख कमाण्डर सामा परवीनले संस्थाको झण्डा फहराएर कार्यक्रमको शुरुवात गरियो। सो अवसरमा जिल्ला अधिकारी बाहेक महकुमा शासक तमजित चक्रवर्तीलगायत जिल्ला प्रशासनका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

नागरिक सुरक्षा दिवसको सन्दर्भमा जिल्लापाल समा परवीनले भनिन्, ‘कुनै पनि प्राकृतिक प्रकोप अघि र पछि मद्दत गर्ने पहिलो व्यक्ति नागरिक रक्षा स्वयंसेवकहरू हुन्। त्यसकारण हामीले समय समयमा विभिन्न प्रकारका तालिमहरू मार्फत यी स्वयंसेवकहरूलाई तयार गर्छौं।‘

यसैबीच नागरिक रक्षा दिवसको सन्दर्भमा सदर विभागका शासक तमजित चक्रवर्तीले नागरिक रक्षा युद्धकालमा निर्माण भएको बताइन्l अनुशासन यसको मूल मन्त्र भएकोले आज नागरिक सुरक्षा दिवसको अवसरमा नागरिक सुरक्षाले विभिन्न उपायहरु अपनाएको बताइन्l यहाँ प्रयोग गरिएका उपकरणहरू सर्वसाधारणलाई देखाइनेछ।