जलपाईगढी: चटगाउँ विश्वविद्यालयका प्राध्यापक डा कुशल बरन चक्रवर्तीमाथि भएको आक्रमणको विरोधमा जलपाईगढी शिक्षक संघले कालो ब्याज लगाएर विरोध प्रदर्शन गरेको छ। जलपाईगढीको सबैभन्दा पुरानो परम्परागत शैक्षिक संस्था, आनन्द चन्द्र कलेजका प्राध्यापकहरूले शुक्रबार विरोध कार्यक्रममा भाग लिए। विरोध कार्यक्रमका सम्बन्धमा प्राध्यापक डा तन्मय दत्तले भने, ‘बंगलादेशको चटगाउँ विश्वविद्यालयका प्राध्यापक डा कुशल बरन चक्रवर्तीसँग हिजो भएको घटनाको हामी घोर भर्त्सना गर्दछौँl यसका साथै विशेषगरी अल्पसंख्यक समुदायमाथि भइरहेको क्रूर अत्याचारको हामी घोर भर्त्सना गर्दछौँ।‘ विगत केही महिनादेखि बंगालादेशमा बसोबास गर्ने हिन्दूहरूले यसको भर्त्सना गर्नका साथै केन्द्र सरकारले तत्काल सबै अन्तर्राष्ट्रिय कानून बमोजिम उपयुक्त कदम चाल्ने आशा राखेका छन्।