सिलगढी: बालुवा र ढुङ्गाको अवैध उत्खनन विरुद्ध पुलिसले निरन्तर अभियान चलाइरहेको छ। यस सम्बन्धमा मुख्यमन्त्री ममता ब्यानर्जीको कडा निर्देशनपछि राज्यमा पुलिस प्रशासन निकै सक्रिय छ। सोही क्रममा गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा सिलगढी भक्तिनगर थानाले बिहीबार राति भक्तिनगर थाना क्षेत्रको उत्तर बंगाल मोडको सेभोक रोडमा अवैध बालुवा ढुङ्गाले भरिएको ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। यस घटनामा भक्तिनगर पुलिसले हक्रू राय नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। अवैध बालुवा ढुङ्गा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा लिई बालुवा ढुङ्गा ओसार्ने एक जनालाई पुलिसले पक्राउ गरेको छ। शुक्रबार उनलाई जलपाईगढी अदालतमा पठायो।