दक्षिण दिनाजपुर: बालुरघाट नगरपालिकाबाट आवास योजनाको पैसा लिएर पनि निर्माण कार्य शुरु नगर्नेलाई कारबाही शुरु गरिएको छ। नगरपालिका अध्यक्षले आवास योजनाको रकम पाए पनि काम शुरु नगर्ने सबै लाभग्राहीको घरमा पुगेर कडा कारबाही गर्ने चेतावनी दिए। बालुरघाट नगरपालिकाका अध्यक्ष अशोक मित्राले शुक्रबार बालुरघाट नगरपालिकाको वार्ड नो २५ मा रहेका यस्ता घरको अवलोकन गरेका छन्। नगरपालिकाले उपभोक्ताको घरमा चेकजाँच गरी यी सबै उपभोक्तालाई कडा कारबाही गर्ने अध्यक्षले चेतावनी दिए। सबैलाई सात दिनभित्र घर निर्माण गर्न निर्देशन दिइएको छ।