शक्तिशाली भूकम्पले थर्कियो उत्तरी क्यालिफोर्निया

IMG-20240915-WA0070

अमेरिकाको उत्तरी क्यालिफोर्निया ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले थर्कियो। अमेरिकी भूगर्भ सर्भेक्षणले ७ म्याग्निच्योडको भूकम्पको गएको बताएको छ। यो शक्तिशाली भूकम्पअघि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुनामीको चेतावनी दिइएको थियो, तर पछिबाट यो चेतावनी हटाइएको थियो। यस क्षेत्रमा करिब ४७ लाख मानिसको जनसंख्या रहेको छ। भूकम्पको केन्द्रबिन्दु क्यालिफोर्नियाको फर्न्डेल शहरको नजिक बताइएको छ। संचारमाध्यमको समाचारअनुसार, त्यहाँका स्थानीय अधिकारीहरूले भूकम्पबाट हालसम्म कुनै पनि मानवीय क्षति भएको छैन। यसका साथै ठूलो भौतिक संरचनाको क्षति भएको विवरण पनि प्राप्त नभएको बताइएको छ। केही घर र मार्टहरुमा सामान्य क्षति पुगेको समाचार छ। मार्टहरुमा राखिएका सामानहरु खसेका थिए भने केही क्षणको निम्ति बिजुली अवरुद्ध भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement