राज्यपालले युवाहरूलाई बिकसित भारत यङ डाइलगमा भाग लिन अपील

photocollage_20241011162117124

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिक्किमका १५ देखि २९वर्ष उमेरका युवाहरूलाई वि​कसित भारत यङ्ग डाइलग (वीबीवाईएलडी) २०२५ मा भाग लिन अपील गरेका छन्।
उनले यो पहल प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा एक लाख युवाहरूलाई राजनीति र सामाजिक जीवनमा समेटन गरिएको आह्वानबाट प्रेरित रहेको र यसको उद्देश्य नेतृत्व क्षमता राख्ने युवाहरूको प्रतिभाको पहिचान गर्न र संरक्षण गर्नु रहेको बताएका छन्।
राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, यो मञ्चले युवाहरूलाई आफ्ना विचारहरू सोझै प्रधानमन्त्री समक्ष राख्न अवसर प्रदान गर्छ। वीबीवाईएलडी २०२५ को उद्देश्य एक पारदर्शी र लोकतान्त्रिक, योग्यतामा आधारित चयन प्रणालीको माध्यमले युवाहरूको सक्रिय पहुँच सुनिश्चित गर्नु हो। यो अवसरले देशको विकास र प्रगतिलाई अगाडि बढाउन एउटा सुनौलो अवसर प्रदान गर्नेछ।
राज्यपालले २५ नोभेम्बरदे​खि १० दिसम्बर, २०२४सम्म (१५-२९वर्षको उमेरका सबै युवाहरूको निम्ति) अनलाइन विकसित भारत क्विज आयोजना हुने जानकारी गराएका छन्। उनले सिक्किमका सबै युवाहरूलाई यस अवसरको फाइदा उठाउन र राष्ट्रको भविष्यमा योगदान दिन आग्रह गरेका छन्। राज्यपालले भने, ‘तपाईको सहभागीताले तपाईको नेतृत्व कौशल बढाउने छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement