थेङ्ग टनल भएर मंगन र चुङथाङलाई जोड्ने सुचारु

220px-Theng_Tunnel_pride_of_north_sikkim

गान्तोक: उत्तर सिक्किमको प्रसिद्ध पर्यटन गन्तव्य लाचुङको लागि टूङ-नागाको बाटो भएर आवागमन सहज भएपछि अब थेङ्ग भएर चुङथाङ मार्ग खोल्ने प्रयास जारी रहेको बताइएको छ।
एसडीएम चुङथाङले आज जारी एक प्रेस विज्ञप्तिमा थेङ्ग टनल भएर यातायात शुरू गर्न ग्रीनको र ग्रेफले अथक प्रयास गरिरहेको बताएको छ।
स्मरण रहोस्, केही दिन अघिदेखि टूङ-नागा भएर उत्तर सिक्किमको निम्ति वाहनहरूको आवागमन शुरू भएको छ। अब थेङ्ग टनल भएर वाहनहरूको आवागमन सुनिश्चित गर्न ग्रीनको र ग्रेफ लागिपरेको बताइएको छl त्यसपछि वर्तमान मार्गको तुलनामा मंगनदेखि चुङथाङ यात्राको समय र दुरी अझ कम भएर जानेछ।
जानकारी अनुसार, ग्रीनकोले जीएलओएफपछि बन्द भएको मार्ग खुल्ला गर्न १०४ आरसीसीको साथमा जनशक्ति र मेशिन खटाएको छ। आउदो १० देखि १५ दिनभित्र थेङ्ग टनललाई सफा गर्न सकिने छ। यस अतिरिक्त, लाचेनको निम्ति आगामी १० दिसम्बरदेखि पर्यटकका लागि खुल्ला गरिने छ र यसका लागि वाहनहरूको समयको चॉंडै घोषणा गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement