क्यापको जिल्लास्तरीय समन्वय सभा जोरथाङमा सम्पन्न

IMG-20241205-WA0258

गान्तोक: पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत जोरथाङमा सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमको जिल्ला कार्यालयमा जिल्लास्तरीय सभा सम्पन्न भयो। सभा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको थियो। यस सभामा पार्टीको केन्द्रीय कार्यकारिणी समितिका वरिष्ठ पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। जसमा शीर्ष नेतृत्वहरु कौशल लोहागण, पीडी शेर्पा, गणेश अधिकारी उपस्थित थिए। कार्यक्रममा पार्टीका उपाध्यक्ष एमबी लिम्बू, उपाध्यक्ष प्रशान्त बाबू छेत्री, युवा कल्याण परिषदका प्रमुख टीकाराम नेपाल, महिला परिषदकी वरिष्ठ नेतृहरू विना शर्मा र सुमती छेत्री, महासचिव (संगठन) प्रकाश पराजुली, चुडामणि मिश्र र गेजिङ जिल्ला अध्यक्ष ओङ्दिला भोटियाले पनि संम्बोधन गरेका थिए। पार्टी अध्यक्ष राईले पार्टीको भावी रणनीति र कार्ययोजनाहरूबारे जानकारी गराए। उनले पार्टीले तयार पारेको मार्गदर्शन पुस्तिका सबै नेताकार्यकर्ताले गहन रूपमा अध्ययन गर्नुपर्नेमा जोड दिए। साथै, सिक्किमका जनताको आवाजलाई प्रभावकारी ढंगले उठाउन समग्र सुधारको पक्षमा एकजुट बन्नुपर्ने आव्हान गरे।उनले हरेक परिस्थितिमा हामी सबै जुझारु बनेर समग्र सिक्किमेको आवाज बन्ने अपील समेत गरे। पार्टीले हिजोदेखि राज्यभरका सबै जिल्लामा जिल्ला समन्वय सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त समन्वय सभाहरू आगामी १० दिसम्बरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हरेक जिल्लास्तरीय सभामा स्थानीय समस्याहरूको समाधानका लागि परामर्श प्रदान गरिने र पार्टीको रणनीतिहरू स्थानीय कार्यकर्तामाझ स्पष्ट रूपमा प्रस्तुत गरिने तय गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement