एसएचजीका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20241205-WA0260

गान्तोक: राज्यको शहरी विकास विभागको पहलमा आज देउरालीस्थित राज्य पञ्चायत स्रोत केन्द्रमा स्वच्छ शहर अभियान अन्तर्गत गान्तोक वरिपरिका चारवटा स्वंय सहायता समूहलाई लिएर एक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बरफुङपा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री भोजराज राईले सबैले आफ्नो घर,आँगन र वरिपरि सफा भएको मन पराउने गर्दछन्, तर सफा गर्नको निम्ति भने इच्छुक नभएको बताए। सरकारले स्वच्छतालाई लिएर जति नै राम्रो कानून बनाएता पनि यदि मानिसहरूले यसबारेमा चासो नदेखाएको खण्डमा सरकारले बनाएको कानून व्यर्थ जाने अवगत गराए। राज्यका मानिसहरूले आफ्नो मानसिकतामा परिवर्तन ल्याउनु पर्ने बताए। यदि सबै जना मिलेर सर सफाईलाई ध्यान दिएमा अवश्य पनि सिक्किम स्वच्छताको क्षेत्रमा अघि बढेर जान सक्ने सम्भावना व्यक्त गरे। सर सफाईको क्षेत्रमा स्थानीयहरूले पनि सक्रियरूपमा सहभागिता जनाउनु पर्ने मन्त्री राईले आग्रह गरे। विशेष गरेर फोहोर व्यवस्थापनमाथि सबैले ध्यान दिनुपर्ने उनले सुझाउ दिए। उनले थप जानकारी गराए अनुसार ३२ नम्बरमा रहेको डम्पिङ ग्राउण्डमा थुप्रिएको मैला आगामी वर्षभित्र सफाई गरिसक्ने र यसको निम्ति सम्वन्धित निकायले युद्धस्तरमा काम गरिरहेको दावी गरे। यस अवसरमा चारवटा स्वयम सहायता समूहलाई मन्त्री राईको वाहुलीबाट पहिलो चरणमा २५ हजार गरेर प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement