माटो दिवसको अवसरमा कृषकहरूलाई टोकन वितरण

IMG-20241205-WA0259

गेजिङ: कृषि सम्बन्धी समाग्री टोकन वितरण कार्यक्रम आयोजना भयो। गेजिङ बर्मेक समष्टिका विद्यायक एवं सल्लाहकार लोकनाथ शर्मा बिहिवार समष्टीको १३ माइल बर्मेक सामुदायिनैले क भवनमा विश्व माटो दिवसको अवसरमा कृषि विभागको अधिनस्थ कृषि सम्बन्धी सामग्री टोकन वितरण कार्यक्रम सम्पन्न भयो। आजको यस कार्यक्रममा विधायक शर्मा प्रमुख अतिथि रहेका थिए। साथमा जिल्ला पंचायत राजकुमार राई, ग्राम पंचायत अध्यक्ष गणेश कुमार शर्मा, तिल माया दर्जी, रिता सुब्बा, बिष्णुमाया क्षेत्री र सोम कुमार राई, खण्ड बिकास अधिकारी कैलाश गुरुङ, कृषि बिभागका उपानिर्देशक सुरज क्षेत्री, वागवानी बिभागका उपानिर्देशक डा. हेमन्त घिमिरे, कृषकवर्ग र अन्यको उपस्थिति रहेको थियो।
यस अवसरमा माटोको अम्लता र यसको व्यावस्थापन बारे जागरुकता तथा तामिल गराएको थियो भने कृषि विभागको उपनिर्देशक सुरज क्षेत्रीले यस बिषयमा प्रकाश पारेका थिए कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक शर्माले माटोको बिषेशता र महत्व बारे बताउँदै हामीले माटोलाई भुल्न नहुने कुरा मिथि जोड़ दिए। राज्यका मुख्यमन्त्रीले कृषि क्षेत्रमा गरेका घोषणा र योजनालाई स्मरण गराए। यस अवसरमा विधायक लोकनाथ शर्माको बाहुलीबाट कृषि विभागद्वारा क्षेत्रका किसानहरुलाइ १६६ युभी फिल्म, १३० एग्रोसेड नेट, ३६ मल्चिङको टोकन कृषकलाई वितरण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement