भारतविरुद्ध टेस्ट सीरीज जित्ने अधुरो सपना पूरा गर्ने कमिन्सको इच्छा

IMG-20241205-WA0257

एडिलेड: आफ्नो करियरमा आईसीसी वनडे वर्ल्ड कप, एशेज र वर्ल्ड टेस्ट च्याम्पियनशीप खिताब जितिसकेको भए पनि अष्ट्रेलियाई क्रिकेट टीमका कप्तान प्याट कमिन्सले बोर्डर गावस्कर ट्रफी (बीजीटी) टेस्ट सीरीज चाहिँ अहिलेसम्म जित्न सकेका छैनन् अनि उनको लक्ष्य यसपाली आफ्नो अधुरो सपना पूरा गर्ने रहेको छ। कमिन्सले २०११-मा टेस्ट क्रिकेटमा पदार्पण गरे पनि भारतविरुद्ध आफ्नो पहिलो टेस्ट म्याच २०१७-मा खेलेका थिए। अष्ट्रेलियाले २०१४-१५ पछि भारतविरुद्ध टेस्ट सीरीज जित्न सकेको छैन। पर्थमा खेलिएको पहिलो टेस्ट म्याचमा २९५ रनको हारपछि अष्ट्रेलिया पाँचवटा टेस्ट म्याचको जारी सीरीजमा पनि ०-१-ले पछि रहेको छ। शुक्रवारदेखि शुरु हुने दोस्रो टेस्ट म्याचअघि कमिन्सले भने, अष्ट्रेलियाई ड्रेसिंग रूममा उपस्थित धेरैजना खेलाड़ीले अहिलेसम्म बोर्डर गावस्कर ट्रफी जित्न सकेका छैनन्। हाम्रा केही खेलाड़ीहरूका निम्ति यो अन्तिम किल्ला जित्ने जस्तो रहेको छ। हामीले गत केही सालमा चुनौतीहरूको डटेर सामना गर्दै असल प्रदर्शन गरेका छौं। हामीले यस सीरीजमा पनि त्यही गर्नु पर्नेछ। हामीले सीरीज जितेर आफ्नो अधुरो सपना पूरा गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement