कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा डीएलडीपी सिक्किमले क्वार्टर फाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा बिहीवार भएको म्याचमा डीएलडीपी सिक्किमले नर्थ बेंगल आर्म्ड पुलिसविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट प्रदीप लामाले ह्याट्रिक गरे। यसरी आर्म्ड पुलिसबाट टुबाई रोय र दिवस मंगरले गोल गरे। शुक्रवार खेलिने म्याचमा एफएसएससी (फ्यूचर स्टार्स स्पोर्टिंग क्लब) सिक्किम र गिडाब्लिंग युनाइटेडबीच भिड़न्त हुनेछ। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।