दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा नेपालको पाँचथर वाई.वाई.-ले रोमाञ्चक जीत हासिल गऱ्यो । नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा बिहीवार खेलिएको म्याचमा पाँचथर वाई.वाई.-ले कञ्चनजंघा फूटबल क्लबविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सुशिलले २५औं र ६६औं मिनटमा २ गरे। यसरी कञ्चनजंघा फूटबल क्लबबाट प्रवेश प्रधानले म्याचको अन्तिम क्षणमा (इञ्ज्युरी टाइमको चौथो मिनट) गोल गरे। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।