विश्व माटो दिवसमा कृषक जागरुकता कार्यक्रम

IMG-20241205-WA0237

गान्तोक: पूर्व सिक्किम रानिपुलस्थित कृषि विकास केन्द्रले भारतीय कृषि अनुसन्धान परिषदको सहयोगमा आज विश्व माटो दिवस मनायो। माटोको निरीक्षण र उर्बरतालाई केन्द्र गर्दै यसबारे प्रभावी पहल गर्ने निर्णय गऱ्यो। कार्यक्रमको उद्देश्य प्राकृतिक प्रणालीअन्तर्गत माटोको महत्त्वलाई केन्द्र गरि यसबारे जागरुकता गराउनु रहेको थियो। यसले खाद्य, पानी, ऊर्जा सुरक्षा र जैविक विविधताको क्षति न्यूनीकरण साथै मानव कल्याणमा महत्त्वपूर्ण योगदान पुऱ्याउने कुरामा वक्ताहरुले जोड़ दिएको थियो। गान्तोकमा आयोजित कार्यक्रममा विभिन्न गाउँका २४ कृषकहरुको सहभागिता रहेको थियो। डा. जेके सिंहले सहभागीहरुलाई विश्व माटो दिवस र यसको महत्वकाबारेमा जानकारी गराए। सिक्किम सरकारका बागवानी अधिकारी बोनिफेस लेप्चाले जैविक उत्पादको उत्पादकत्व बढाउन स्वस्थ माटोको महत्त्वबारे बताए। स्रोतवक्ता डा. सपना रानीले फसल बारीको सरसफाईको उपायहरू माटोको प्रयोग, फलफूलको खेतीसंगै रातो कमिला जस्ता हानिकारक किराहरूले माटोको स्वास्थ्यमाथि पुऱ्याउने नोक्सानीबारे जानकारी गराए। पशुचिकित्सा अधिकारी डा. आकांक्षा एसले गाईवस्तु र कुखुरामा फोहोर र सरसफाइ व्यवस्थापन अभ्यासमा जोड दिँदै पशुधनको वैज्ञानिक व्यवस्थापनबारे प्रकास पारिन्। अर्का अधिकारी अनुश्री गोगोईले कुपोषण कम गर्न दैनिक आहारमा समावेश गर्न सकिने प्रोटिन र भिटामिनको सम्भावित स्रोतका रूपमा छुर्पीलाई प्रकाश पार्दै स्थानीय खानामा पोषण हुनेबारेमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement