गान्तोक: भारतीय जनता पार्टीको पूर्वोत्तर राज्यका सहसंयोजक भी मुरलीधरनले आज गान्तोकस्थित पार्टी कार्यालयमा सिक्किम प्रदेशका भाजपा पदाधिकारीहरुसँग बैठक गरे। सभामा प्रदेश अध्यक्ष डीआर थापा र प्रदेश निर्वाचन अधिकारी नरेन्द्र सुब्बा, महासचिव लगायत राज्य तथा जिल्ला स्तरका कार्यकारी पदाधिकारीहरु सहभागी थिए। बैठकले पार्टीको सदास्यता अभियान र संगठन विस्तारमा वर्तमान स्थितिको विस्तृत समीक्षा गरेको थियो। बैठकलाई सम्बोधन गर्दै मुरलीधरनले विकसित भारतको दृष्टि र लक्ष्य हासिल गर्न बलियो संगठनको महत्त्वपूर्ण महत्त्वमा जोड दिए। उनले कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै राज्यमा संगठनलाई सुदृढ पार्न मार्गदर्शन गरे। बैठकलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले विभिन्न केन्द्रीय योजनाको लाभ जनतामा पुर्यााउन सबैलाई संगठनात्मक विकासमा योगदान दिन आग्रह गरे। उनले मोदी सरकारले भर्खरै शुरु गरेको ज्येष्ठ नागरिकका लागि आयुष्मान भारतबारे प्रकास पारे। भेलालाई सम्बोधन गर्दै, एनके सुब्बाले सिक्किममा संगठन पर्वको प्रगतिको बारेमा विस्तृत जानकारी गराए। यसअघि मुरलीधरनले राज्य अध्यक्ष र कार्यकर्ताहरुसंग राजभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे।