नक्कली भारतीय मुद्रासहित दुई जनालाई पुलिसले नियन्त्रणमा लिए

omtFHG7PkAuKKiGhR3QJ

कछार(असम): कछार जिल्ला मुख्यालय शहर सिलचर पुलिसले गुप्त सूचनाको आधारमा दुईजना कारोवारीलाई भारतीय नोटहरू सहित पक्राउ गरेको छ।
जिल्ला पुलिस अधीक्षक नोमल महताले आज सो घटना बारे जानकारी दिदै भने, ‘गए राती सिलचर पुलिस स्टेशनको टीमले एक विश्वसनीय सूचनाको आधारमा दुईजना कारोवारीलाई पक्राउ गऱ्यो जसको पहिचान मोहम्मद अकबर अली मजुमदार र मोहम्मद मैदुल इस्लाम लस्करको रूपमा गरिएको छ।
पुलिस टीमले सुनाबारीघाट बाइपास क्षेत्रमा जाँचको समयमा कारोवारीबाट ५ सय दरको रुपियाँ १८० थान नक्कली नोट बरामद गरेको छ। बरामद गरिएको नक्कली नोटहरूलाई प्रत्क्षदर्शीहरुको उपस्थितिमा बरामद गरिएको छ।’ घटनाको अग्रिम जाँच भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement