ढाबामा बिक्री भइरहेको ठूलो परिमाणको अवैध मदिरा बरामद

Screenshot_20241205_213853_Chrome

कछार(असम): कछार जिल्लाको कलाइन पुलिसले एक अभियान चलाएर सड़कको किनारमा अवस्थित एक ढाबाबाट ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ।
कछार जिल्ला पुलिस अधीक्षक नोमल महताले आज जानकारी दिदै गए राती कलाइन पुलिस स्टेशनको टीमले सड़क किनारको एक ढाबामा अवैध मदिरा बिक्री प्रतिबन्ध गर्न विशेष अभियान चलाइरहेको अबस्थामा ठूलो परिमाणमा अंग्रेजी मदिरा बरामद गरेको बताएको छ।
यस सम्बन्धमा हाल पुलिसले कसैलाई पनि पक्राउ गरेको छैन।
बरामद गरिएको इम्पीरियल ब्ल्याक-१८० एमएल ३०नग, म्याकडवल्स नम्बर १- १८० एमएल ५० नग, म्याकडवल्स रम-१८० एमएल ५० नग, किंगफिशर बीयर-७ नग, ओल्ड मोंक-१८० एमएल १५ नग, आइकनिक व्हाइट-१८० एमएल १५ नग, केडी ५० रम-७५० एमएल ५ नग रहेको छ। पुलिसले यस घटनामा अग्रिम कानूनी कारबाही गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement