लङ्भ्यू चियाबारीमा फेरि झमेला

IMG-20241205-WA0230

सभासद अनि भागोप्रमो प्रतिनिधिहरुद्वारा प्रबन्धकसँग भेटवार्ता

खरसाङ: लङ्भ्यू चियाबारीमा त्यहाँका श्रमिकहरुलाई तिनीहरूको दैनिक हाजिरा गत केही महिनादेखि बगान पक्षले भुक्तान नगरेको आरोप उठेको छ भने यसको प्रतिवादमा बुधवार यहाँ श्रमिकहरूले प्रबन्धक कार्यालय घेराउ गरे। प्राप्त जानकारी अनुसार श्रमिकहरुलाई तिनीहरूले काम गरेको दैनिक हाजिरा मालिकपक्षबाट दिइएको छैन्। त्यहाँका स्टाफ सबस्टाफहरूको तलब जुलाई महिनादेखि अनि श्रमिकहरुको खर्च सेप्टेम्बर महिनादेखि दिइएको छैन्। यसैलाई लिएर बुधवार श्रमिकहरु प्रबन्धकको कार्यालय घेराउ गर्न पुगेका थिए। तर स्थिति बुझेपछि यसलाई साम्य पार्न क्षेत्रिय सभासद कल्पना प्रधान, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज लगायत भागोप्रमोका स्थानीय प्रतिनिधिहरू पुगेर प्रबन्धकसँग भेटवार्ता गरे औ सभासद कल्पना प्रधानले सोझै बगानका प्रबन्ध निर्देशकसँग पनि टेलिफोनिक कुराकानी गरिन्। यसबारे जानकारी दिँदै सभासद प्रधानले लङ्भ्यू चियाबारीमा बोनसलाई लिएर यसपल्ट निक्कै झमेला भएको थियो भनी जनाउँदै तर जीटीएका मुख्य कार्यपाल अनित थापाको निर्देशमा औ तिनीहरूको अथक प्रयासमा श्रमिकहरुलाई रहल छहः प्रतिशत बोनस दिलाएर अनशन उठाउन सफल भएका थिए भन्दै तर त्यसपछि श्रमिकहरुले गरेका कामको ज्याला एउटै पनि नदिएको बताइन्। तिनले यस सन्दर्भमा त्यहाँका श्रमिकहरू पुनः आन्दोलनमा निस्किने भएका थिए भन्दै यसको खबर पाएपछि स्थितिलाई साम्य पार्न औ श्रमिकहरुलाई तिनीहरूको अधिकार दिलाउन तिनी लगायत सन्तमेरिज तीन ग्राम पञ्चायत प्रधान तथा भागोप्रमोको श्रमिक संगठन, खरसाङ महकुमा संयोजक मणिराज डुम्जन लगायत पार्टीका स्थानीय ट्रेड युनियनका प्रतिनिधिहरू, युवा शक्तिका प्रतिनिधिहरू अनि पार्टी प्रतिनिधिहरूले बगानका प्रबन्धकसँग भेटवार्ता गरेको जनाइन्। यस अवधि तिनले सोझै बगानका प्रबन्ध निर्देशकसँग टेलिफोनिक कुराकानी गर्दै अतिशीघ्र श्रमिकहरू अनि स्टाफ, सबस्टाफहरूको हाजिरा अनि तलब दिने निर्देश दिँदै यदि समयमा यसरी उनीहरूको हक तथा अधिकार नदिएर यहाँ कुनै झमेला वा अशान्ति भएमा त्यसको पूर्ण जिम्मेवार बगानका मालिक अनि प्रबन्धकपक्ष हुनुपर्ने बताए। प्रधानले अझ जनाए अनुसार यस सन्दर्भमा आफूले यसअघि पनि बगान पक्षसँग बारम्बार फोन गरेर जनाउने कार्य गरेको अवगत गराउँदै बुधवार पनि प्रबन्ध निर्देशक लगायत नर्थ बंगालका अतिरिक्त श्रम आयुक्तसँग पनि कुरा गरेर स्थितिको जानकारी गराएपछि यस विषयलाई लिएर बगानका प्रबन्धक अनि श्रमिकहरुलाई लिएर एउटा बैठक गर्ने प्रतिश्रुति दिएको जनाइन्। त्यतिञ्जेलसम्म श्रमिकहरुलाई कुनै प्रकारको झमेला सृजना नगर्ने श्रमिकहरुलाई आग्रह गरेपछि सबैजना आ-आफ्नो काममा गएको बताउँदै फोन गरेको केही क्षणमा नै श्रमिकहरूको एउटा हाजिरा हालिदिएको अर्को खर्च भने आगामी हप्ता हालिदिने वचन दिएको बताइन्। तिनले जनाए अनुसार मालिकपक्षले यस अवधि अहिले बगान नोक्सानमा चलिरहेकोले आर्थिक केही सङ्कट आएको जनाउँदै एकैचोटि दिन नसके पनि विस्तारै श्रमिकहरुको सबै रहल रकम भुक्तान गर्ने वचन दिएका छन्। मालिकपक्ष वास्तवमा कमान बन्द गर्ने पक्षमा छैन भन्दै तर घरीघरी यसरी श्रमिकहरुलाई दुःख दिन थाले बगानमा थप समस्या उत्पन्न हुन सक्छ भन्दै यसलाई लिएर बगानका मालिक एवम् प्रबन्धकहरू गम्भीर बन्नुपर्ने तथा सरकारले पनि यसप्रति कडा नजर राख्नुपर्ने आवश्यकताको बोध तिनले गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement