रिनाक खाम्दोङ निम्न माध्यमिक विद्यालयको वार्षिक उत्सवलाई लिएर समन्वय सभा सम्पन्न

IMG-20241205-WA0229

१० दिसम्बरमा हुने वार्षिक उत्सव समारोहमा विविध कार्यक्रम प्रदर्शन

रिनाक: पाकिम जिल्लाअन्तर्गत छुजाचेन निर्वाचन क्षेत्र तथा रिनाक खण्ड प्रशासनिक केन्द्र अधीनस्थ रिनाक खाम्दोङ सरकारी निम्न माध्यमिक विद्यालयमा आगामी १० दिसम्बरको दिन भव्य रूपमा आयोजन गरिने वार्षिक उत्सव २०२४ लाई लिएर बुधबार विद्यालय परिसरमा एक समन्वय सभा कुटीटार वार्ड पञ्चायत सदस्य रिता शर्माको सभाध्यक्षमा सम्पन्न गरियो। सभामा रिनाक बीएसीका खण्ड विकास अधिकारी एसके ढुङ्गाना, शिक्षा विभागका खण्ड समन्वयक एनटी सेर्पा, विभिन्न संघ-संस्था, एसएचजीका प्रतिनिधिहरू, सेवा निवृत शिक्षक-शिक्षिका, सरोकारवाला, स्कूल प्रबंधन समिति, अभिभावकगण, विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिकाहरूको समागम रहेको थियो।
सभाको शुरूवाती चरणमा प्रधानाध्यापक सोनाम डी० भोटियाले वार्षिक उत्सव २०२४ माथि समीक्षा गर्दै ग्रीन स्कूल पुरस्कारले पुरस्कृत सो स्कुलले आगामी १० दिसम्बरमा आयोजन गरिरहेछ, यसमा विद्यालयलाई सबैको साथ र सहयोग रहेको साथै एक टिमसरह राम्रो काम गरिरहेकोमा सराहना गरे। प्रधानाध्यापक भोटियाले समारोहको निम्ति पारम्परिक खाद्य साथै विभिन्न कार्यक्रम सहित सिङ्गी नृत्य, विद्यार्थीहरूद्वारा कराते खेल, योगी प्रदर्शन बारे पनि उल्लेख गर्दै सभालाई कोष संग्रह माथि पनि जानकारी गराए। यस्तै प्रकारले बीडीओ रिनाक शान्ती कुमार ढुङ्गानाले स्कुलले असल कार्य गरिरहेको समारोहको निम्ति खण्ड प्रशासनिकबाट सहयोग पुर्याओउने वचन दिए साथै हामीले विद्यार्थीको संख्या बढ़ोत्तरीमा पनि आवश्यकीय पहल चाल्नुपर्ने थप सुझाउ राखे।
रिनाक खण्डका शिक्षा विभागका समन्वयक एनटी सेर्पाले पञ्च वर्षीय योजनाअन्तर्गत यो स्कूलमा पनि खेलमैदानको बढ़ोत्तरी, दिवा: भोजनको निम्ति किचेन अनि डाइनिङ व्यवस्थित गर्नुपर्ने आदि विषयलाई समेट्दै रिनाक खण्डको अधीनमा रहेको आग्रीगाउँ सरकारी प्राथमिक स्कूलमा विद्यार्थीको संख्या कम रहेर अस्थायी रूपमा बन्द गरिएको यधपि यो स्कूल स्थायीरूपमा बन्द गरिएको होइन, यदी नानीहरूको संख्या बढ़े विभागले पुन: स्कूल सञ्चालन गरिनेछ उल्लेख गरे, यसैले नकारात्मक सन्देश नफैल्याइ दिने विभागको पक्षबाट अपील समन्वयक सेर्पाले गरे।
सभामा कुटीटार वार्डका विभिन्न एसएचजीका प्रतिनिधिहरू सहित समाज सुधार समिति क्योङ्साका सभापति तथा लोवर मुलुके स्कूलका शिक्षक सुसन प्रधान, पूर्व ग्राम पंचायत एनबी छेत्री, शिक्षक पुष्पराज ढकाल, सेवानिवृत शिक्षक भोलानाथ पौड्याल र शिक्षिका टीबी शर्मा, अमित छेत्री आदिले सहयोगार्थ सुझावात्मक सम्बोधन राखे भने सभाध्यक्षको आसनबाट वार्ड पञ्चायत रिता शर्माले सबैको साथ र सहयोग लिएर कार्यक्रम सफल पारौ॓ भन्ने सन्देश राखिन्।
आरीटार ग्राम पञ्चायत एकाइअन्तर्गत सो कुटीटार वार्डमा अवस्थित रिनाक खाम्दोङ सरकारी निम्न माध्यमिक विद्यालयको स्थापना १९५९ मा भएको हो। आगामी १० दिसम्बरमा सम्पन्न हुन गइरहेको भव्य वार्षिक उत्सव समारोहमा मुख्य अतिथिको रूपमा छुजाचेन क्षेत्रका विधायक तथा सिक्किम सरकारका कृषि मन्त्री पुरण कुमार गुरुङ सहित विशिष्ट अतिथिको रूपमा रिनाक क्षेत्रका पूर्व विधायक तथा वर्तमान मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवड़ा, पाकिम अनि गान्तोक जिल्लाका अधिकारीसहित साथै गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहने साथै विद्यालयका सबै पूर्व प्रधानअध्यापक हरूप्रति सम्मान व्यक्त गरिने प्रधानाध्यापक एसडी भोटियाले बताएका छन्।

About Author

Advertisement