गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले मुम्बईको आजाद मैदानमा आयोजित महाराष्ट्रका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरूको शपथ ग्रहण समारोहमा सहभागी बने। मुख्यमन्त्री तामाङले महाराष्ट्रको मुख्यमन्त्रीको रूपमा शपथ लिएका देवेन्द्र फडणवीस, एकनाथ शिन्दे र अजित पवारलाई उपमुख्यमन्त्रीको रूपमा शपथ लिएकोमा हार्दिक बधाई तथा सुखद कार्यकालको शुभकामना दिए।
मुख्यमन्त्रीले आफ्नो अफिसियल सोसियल साइट फेसबुक पोस्टमा यस महत्वपूर्ण माईलखुट्टीले महाराष्ट्रका लागि एक आशाजनक अध्यायको शुरुवातको प्रतिक रहेको उल्लेख गरेका छन्। उनीहरूको दूरदर्शी नेतृत्व, दृढ समर्पण र अटुट प्रतिबद्धताका साथ राज्यले अतुलनीय प्रगति र समृद्धि हासिल गर्ने र उत्कृष्टताका नयाँ मानदण्ड स्थापित गर्नेछ भन्दै जनताको सेवा गर्ने र महाराष्ट्रलाई थप उचाईमा पु-याउने प्रयासमा ठूलो सफलताको कामना दिएका छन्।