सिलगढीमा अवैध रूपमा ग्यास सिलिन्डर रिफिलिंग

Screenshot_20241205_203653_YouTube

सिलगढी: ध्यानाकर्षण -के तपाई पनि ग्यास सिलिन्डर किन्दा ठगीको सिकार बन्नु भएको छ? वास्तवमा यस्तै एउटा भिडियो सिलगढीबाट बाहिर आएको छ। जसले सबैलाई चकित बनाएको छ। यो भिडियोमा ग्यास कम्पनीका डेलिभरी ब्वाई गाडी भित्र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास रिफिल गरिरहेको देखिन्छ। त्यसपछि यो सिलिन्डर ग्राहकलाई दिन्छन्।
यो भिडियो प्रधान नगर प्रहरी चौकी अन्तर्गतको वडा नम्बर २ मा रहेको विद्यालय पछाडिको सुनसान सडकको हो। सिलगढीमा अवैध ग्यास रिफिलिङको मुद्दा नयाँ होइन। यसअघि पनि प्रहरीले अभियान चलाएर यस्ता घटनामा कैयौं दोषीलाई पक्राउ गरि थुनामा राखेका छन। यी दोषीहरूले ग्राहकको विश्वासको फाइदा उठाउँदै आफ्नो सिलिन्डरबाट निस्किएको ग्यास रिफिल गरी अर्को सिलिन्डरमा भरेर सजिलै कालो धन आर्जन गरिरहेका छन्। त्यसैले ग्यास सिलिन्डर लिँदा सधैं सावधानी अपनाउनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement