सिलगढी: सिलगढीमा टोयोटा कम्पनीको नाम प्रयोग गरेर नक्कली सामान बेच्ने घटना को पर्दाफास भएको छ। जानकारी अनुसार प्रधाननगर प्रहरी चौकी अन्तर्गत दगापुरमा रहेको एउटा स्पेयर पार्टस खुद्रा पसलले लामो समयदेखि टोयोटा कम्पनीको नाम प्रयोग गरी ग्राहकलाई नक्कली सामान बिक्री गर्दै आएको थियो।
यो सूचना पाएलगत्तै दिल्लीको टोयोटा कम्पनीले यस विषयमा अनुसन्धान शुरू गरेको छ। यस घटनामा टोयोटा कम्पनी व्यवस्थापनले सिलगढी महानगरीय प्रहरी ईबी विभागमा उजुरी गररेको छ। त्यसपछि आज सिलगढी महानगरीय प्रहरीको प्रवर्तन शाखा टोलीले दगापुरमा रहेको उक्त स्पेयर पार्ट्स रिटेलर पसलमा छापा मारेको हो। छापा मार्दा ईबी टोलीले पसलबाट कुल ५४० थान नक्कली टोयोटाका सामान बरामद गरेको छ। हाल ईबी अधिकारीले थप अनुसन्धान गरिरहेका छन्।