पानीट्याङकीमा ब्राउन सुगर र कफ सिरपका साथ एक युवकलाई पुलिसले नियन्त्रणमा लियो

Untitled-1024x768

बाघडुग्रा: लागु औषध सहित एकजना युवकलाई पक्राउ गरिएको छ। आरोपीको नाम खगेन राय हो र तिनी गौर सिंह जोतको निवासी हुन्। प्राप्त जानकारी अनुसार, गोप्य सूचनाको आधरमा पुलिसले भारत-नेपाल सीमा अन्तर्गत खोरीबारी पानीट्याङकीको गौर सिंह जोतमा अभियान चलाएर एक सय एक ग्राम ब्राउन सुगर र १२ थान कफ सिरपसहित उक्त पक्राउ गरेको छ। यस सम्बन्धमा एसडीपीओ खरसाङ निर्जा अनिश शाहले भने ‘पुलिसले विशेष गरेर सीमा क्षेत्रमा लागु औषधको कारोबार नियन्त्रणका लागि अभियान चलाइरहेको छ। पक्राउ गरिएका युवकलाई पुनर्वास केन्द्र पठाउनको र निरन्तर अभियान चलाएर लागु औषधको ओसार पसारलाई नियन्त्रण गर्ने छौं।’
पुलिसले आज आरोपीलाई सिलगढी महकुस्थित अदालतमा पेश गरेपछि हिरासतमा लिएको छ। सो घटनाको विस्तृत जाँच पुलिसले शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement