नयाँ दिल्ली: इसरोले ४ दिसम्बरमा स्थगित गरिएको प्रोबा-३ मिशनको प्रक्षेपण आज (५ डिसेम्बर) बेलुकी ४ बजेर ४ मिनटमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो प्रक्षेपण श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरको लन्च प्याड १ बाट पीएसलभी -एक्सएल रकेटमार्फत गरिएको छ। केवल २६ मिनटको उडानपछि इसरोको रकेटले स्याटेलाइटलाई अन्तरिक्षमा सफलतापूर्वक स्थापित गर्यो। यस मिसनमा पीएसलभी -सी५९ रकेट प्रयोग गरिएको छ, जहाँ सी५९ यसको रकेट कोड हो। यो पीएसलभी को ६१औँ उडान र एक्सएल भेरिएन्टको २६औँ उडान हो।
रकेटको विवरण: यो रकेट ४५.९९ फिट अग्लो छ। चार चरणमा चल्ने यो रकेटको प्रक्षेपणको समयमा वजन ३२० टन हुन्छ। यस रकेटले प्रोबा-३ स्याटेलाइटलाई ६०० x ६०,५३० किलोमिटरको अण्डाकार कक्षमा पुर्याउँछ।
प्रोबा-३ स्याटेलाइटको विशेषता: प्रोबा-३ संसारको पहिलो प्रेसिजन फर्मेशन फ्लाइङ स्याटेलाइट हो। यसमा दुईवटा स्याटेलाइट छन्, जसको कुल वजन ५५० किलोग्राम छ। १. कोरोनाग्राफ स्पेसक्राफ्ट, वजन: ३१० किलोग्रामl यो स्याटेलाइट सूर्यतर्फ फर्केर खडा हुनेछ र लेजर तथा भिजुअल प्रणालीमार्फत लक्ष्य निर्धारण गर्नेछ। यसमा एएसपीआईआईसीएस (एसोसिएसन अफ् स्पेसक्राफ्ट फर पोलारिमेट्रिक एण्ड इमेजिंग इन्भेस्टिगेसन अफ् कोरोना अफ् द सन्) उपकरण राखिएको छ। ३डीईईएस (थ्रीडी इनर्जेटिक इलेक्ट्रोन् स्पेक्ट्रोमिटर) ले सूर्यको बाहिरी र भित्री कोरोना बीचको खाल्डोको अध्ययन गर्नेछ। २. अकल्टर स्पेसक्राफ्ट: वजन: २४० किलोग्रामl यो स्याटेलाइट कोरोनाग्राफको पछाडि रहनेछ। यसमा डीएआरए (डिजिटल एब्सोल्युट रडियोमिटर साइन्स एक्सपेरिमेन्ट इन्स्ट्रुमेन्ट) जडान गरिएको छ, जसले कोरोनाबाट प्राप्त डेटा अध्ययन गर्नेछ।
मिशनको उद्देश्य: यी दुवै स्याटेलाइट एकै रेखामा १५० मिटरको दूरीमा रहँदै पृथ्वीको परिक्रमा गर्नेछन् र सूर्यको कोरोना (सूर्यको वरिपरि रहेको वातावरणीय परत) को अध्ययन गर्नेछन्। खासगरी यी स्याटेलाइटहरूले हाई कोरोना र लो कोरोना बीचको खाल्डोको (कालो भागको) अध्ययन गर्नेछन्। प्रोबा-३ ले सौर हवाहरू र कोरोनल मास इजेक्सनको अध्ययन गर्न मद्दत गर्नेछ। यस अध्ययनले सूर्यको डायनेमिक्स र यसको पृथ्वीमा पर्ने प्रभावहरूको जानकारी दिनेछ। यो मिशनले अन्तरिक्ष मौसम र सूर्यको गतिविधिहरू अध्ययन गर्न वैज्ञानिकहरूलाई धेरै महत्वपूर्ण जानकारी उपलब्ध गराउनेछ।