तीनधारे: दार्जिलिङकि पहिलो नारी निर्देशक श्रेया तामाङको लेखन र निर्देशनमा तयार भएको नेपाली चलचित्र *संगसंगै* सिमरिङ टाईम्सको आयोजनामा सिमरिङस्थित सार्वजनिक भवनमा उक्त नेपाली चलचित्रको प्रदर्शन सम्पन्न भयो। यस भवनमा जम्मा दुइवटा सो नै हाउसफुल भएको बताइएको छ। कार्यक्रमको प्रमुख अतिथिमस रन्जन वाइबाको बाहुलीबाट दिप प्रज्वलन गरियो। विशिष्ट अतिथि जेस लामा, हेमन्त गोम्देन, प्रदिप तामाङ, अनिरा वाइबा पञ्चसयत समिति सदस्या, सृजना छेत्री पञ्चायत सदस्या,राजिव लामा, कमल सुब्बा, डिके सोताङ, बिश्नु राई , सरबिन तामाङ अनि अन्य अतिथिवर्ग लगायत स्थानीयवासी उपस्थित थिए।
आयोजक समितिको तर्फबाट समाजका सभापति रन्जन वाइबा अनि सचिव दिवस वाइबालाई स्मृति चिन्ह, डिबी सुब्बा अनि ललन प्रसादको बहुलीबाट प्रदान गरियो।

यसरी नै उक्त चलचित्रको निर्देशक श्रेया तामाङ, निर्माता दिपा तामाङ अनि संगीत निर्देशक शामूएल सामु, स्पर्टिङ एक्टर अनिर तामाङलाई स्मृति चिन्ह, पुर्णबहादुर लामा, अनिल बम्जान, दिवस वाइबा अनि हेमन्त गोम्देनको बहुलीबाट प्रदान गरियो भनी बिक्की तामाङले जानकारी गराएका छन्।