खरसाङ: रेलवे कर्मचारी संगठनको चुनाव अन्तर्गत भारतभरि चुनाव भईरहेको छ भने यता खरसाङमा पनि रेलवे कर्मचारी संगठनहरुमाझ चुनाव सम्पन्न भएको छ। गत ४ दिसम्बरदेखि शुरु भएको उक्त चुनाव आज अनि भोलि ६ दिसम्बरसम्म चल्ने भएको छ। रेलवे कर्मचारीहरुले रेलवे विभागबाट अनुमोदित परिचय पत्र देखाएर आफ्नो गोप्य मतदानद्वारा आफ्नो मन परेको युनियनलाई जिताउन सक्छन्। यसपाली यस चुनावमा जम्मा तीनवटा युनियनहरुले प्रतिद्वन्द्विता गरिरहेका छन्। यता रेलवे कर्मचारीहरुद्वारा खरसाङमा पनि चुनाव सम्पन्न भएको छ। खरसाङ क्षेत्रमा रहेका रेलवे कर्मचारीहरुले पनि गोप्य मतदानद्वारा आफ्नो मन परेको युनियनलाई जिताउन भोट हाल्ने कार्य सम्पन्न गरेका छन्। यस चुनावको परिणाम आगामी १२ दिसम्बरमा घोषणा हुने भएको छ भनी इम्प्लोइज युनियन खरसाङ शाखाको सचिव विशाल मुखियाले जानकारी गराएका छन्। पछिबाट पत्रकारहरुलाई सम्बोधन गर्दै इम्प्लोइज युनियन खरसाङ शाखाको कार्यकारी सभापति रमेशकुमार रसाईलीले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले जानकारी गराए अनुसार यो चुनाव गोप्य मतदानद्वारा आफ्नो मन परेको संगठनलाई आफ्नो भोट दिएर जिताउन सक्छन्।

यसपाली रेलवे कर्मचारी संगठनको चुनावमा तीनवटा युनियनहरु चुनाव मैदानमा प्रतिद्वन्दिता गरिरहेको र उक्त चुनावको परिणाम मतगणनापछि आगामी १२ दिसम्बरमा घोषणा गरिने जानकारी गराएका छन्।