नासाको स्क्यानले ग्रीनल्याण्डमा बरफमुनि दबिएको हराएको शहर पत्ता लगाएको छ। यो शहर पत्ता लगाउने विधि वैज्ञानिकहरूले अन्टार्कटिका जस्तो वातावरणमा बरफको मोटाई नाप्न प्रयोग गर्छन्। नासाको गल्फस्ट्रिम ३ जेटमा सवार वैज्ञानिकहरूले अप्रेल २०२४ मा उत्तरी ग्रीनल्याण्डमा उडान गर्दा उन्नत रडार उपकरण युएभीएसएआर प्रयोग गरे। यो प्रविधिले बरफको गहिराइमा लुकेका संरचनाहरूलाई स्पष्ट रूपमा नाप्न मद्दत गर्योज। वैज्ञानिकहरूले खिचेको रडार छविले बरफ मुनि लुकेको शीतयुद्ध युगको शहर खुलासा गरेको छ। वैज्ञानिक र इन्जिनियरहरूले उत्तरी ग्रीनल्याण्ड माथि उडान गर्दा राडार छवि लिए। यस शहरको नाम क्याम्प सेन्चुरी हो। यो सैन्य बेस थियो। यो १९५९ मा ग्रीनल्याण्ड बरफ पाना को सतह मुनि सुरुङ को नेटवर्क काटेर निर्माण गरिएको थियो। अन्वेषकहरूका अनुसार, यो शहर १९६७ मा परित्याग गरिएको थियो। त्यसयता हिउँ जमेको छ। शहर सतहबाट कम्तिमा ३० मिटर (१०० फिट) तल बरफमुनि दबिएको थियो। नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) का एलेक्स गार्डनरले भने, ‘हामी बरफको पाना खोज्दै थियौं र क्याम्प सेन्चुरी बाहिर आयो। हामीलाई सुरुमा यो के हो थाहा थिएन।‘
यस क्षेत्रको अघिल्लो हवाई सर्वेक्षणले बरफको पानाको टुडी चित्र उत्पादन गर्योा, जबकि अप्रिलमा अनुसन्धानकर्ताहरूले नासाको युएभीएसएआर उपकरण प्रयोग गरे, जसले यसको थ्रीडी नक्सा बनाउन सक्षम थियो। नयाँ तथ्यांकले यस गोप्य शहरको संरचनाहरू पहिले कहिल्यै नदेखेको तरिकामा प्रकट गरेको छ। नासाका वैज्ञानिक चाड ग्रीनले भने, ‘नयाँ डाटाले यस गोप्य शहरको विभिन्न संरचनाहरू यसरी देखाएको छ जुन पहिले कहिल्यै नदेखेको थियो। भर्खरको नक्साले आधारको योजनाबद्ध रूपरेखा प्रकट गर्योक, जसमा धेरै समान संरचनाहरू समावेश छन्। साथै, यसमा धेरै प्रकारका सुविधायुक्त सुरुङहरू स्पष्ट रूपमा देखिन्छन्।‘ क्याम्प सेन्चुरीको गहिराइ अनुमान पुष्टि गर्न परम्परागत रडार प्रयोग गरेर सिर्जना गरिएका नक्साहरू प्रयोग गरियो। यो गणनाले कहिले पग्लने बरफले शिविरलाई पुन: पर्दाफास गर्नसक्छ र यससँग गाडिएको कुनै पनि जैविक, रासायनिक र रेडियोधर्मी फोहोरहरू निर्धारण गर्न मद्दत गर्दछ।

अन्टार्कटिकामा उस्तै वातावरणमा बरफको पानाको मोटाई मापन गर्न र भविष्यमा समुद्री सतहको वृद्धिको अनुमानलाई बाधा पुर्यावउन वैज्ञानिकहरूलाई त्यस्ता उपकरणहरू प्रयोग गर्ने यो दृष्टिकोणले अनुसन्धान कर्ताहरूलाई आशा छ।