खरसाङ: खरसाङ नगरपालिकाद्वारा जनहितको असुविधालाई ध्यानमा राखेर खरसाङ शहरमा चाढै बाइक स्कुटीहरुका लागि कर उठाउने पार्किङ व्यवस्था शुरु गर्ने भएको छ। खरसाङ शहरमा जताततै बाइक स्कुटीजरु पार्किङ गरेर जनसाधारणलाई हिँड्न असुविधा बनाईरहेको जनगुनासोलाई मध्यनजर राखेर खरसाङ नगरपालिकाले आज खरसाङ ट्राफिक ओसीसँग सभा गरी खरसाड बजारको गल्लीतिर जताततै बाइक स्कुटीजरु पार्किङ गरेर जनसाधारणलाई असुविधा बनाईईरहेको जानकारी गराई खरसाङ शहरको विभिन्न स्थानहरुमा नगरपालिकाले कर उठाउने पार्किङ व्यवस्था चाढै शुरु गर्ने जानकारी गराएका छन्।
खरसाङ नगरपालिकाले जनता शहरमा हिँड्ने बाटोमा अवैध दोकानहरूलाई हटाउने कार्य गरिरहेका छन् भने आज पनि खरसाङ बजारको निरीक्षण गरेर कतिपय जगाको सामानहरू उठाउने कार्य गरेको छ भने खरसाङ बजारको विभिन्न स्थानहरुमा स्कुटी बाइकहरु पार्किङ्ग गरिएकोले जनसाधारणलाई धेरै असुविधा भईरहेको जनगुनासोको कारण नै खरसाङ नगरपालिकाले यस्तो निर्णय गरेको बताइएको छ।यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आज खरसाङ नगरपालिकाले बजारमा अवैध दोकानहरु हटाउने कार्य गरिरहँदा जनसाधारणबाट पाएको जनगुनासो अनुसार खरसाङ बजारमा अवैध रुपमा पार्किङ गरिएको बाइक स्कुटीहरुलाई सठीक रुपमा पार्किङ गराउन पहल गरिन कार्य शुरु गर्ने बताएका छन्। उनले यसको लागि खरसाङ ट्राफिक पुलिस ओसीसित सौहार्दपूर्ण वातावरणमा सभा गरिएको बताएका छन्। भाइस चेयरम्यान सुवास प्रधानले अब खरसाङ बजारमा जनसाधारण हिँड्ने ठाउँतिर जथाभावी बाइक स्कुटीहरु पार्किङहरु हटाउने र चाढै कर तिरेर बाइक स्कुटीहरु पार्किङको व्यवस्था गरिने जानकारी गराएका छन्। उनले जथाभावी बाइक स्कुटीहरु पार्किङ नगरिदिने अनुरोध गर्दै अब जथाभावी पार्किङ गरिएको पाएमा जरिमाना लगाउने पनि बताएका छन्।

खरसाङ ट्राफिक पुलिसको ओसीसितको सभामा खरसाङ नगरपालिकाको तर्फबाट भाइस चेयरम्यान सुवास प्रधान लगायत इञ्जिनियरहरु सञ्जय थापा, सोनाम लामा, कुन्दन छेत्री उपस्थित रहेका थिए।