१९औं दीक्षान्त समारोहमा राज्य बन सेवा अधिकारीहरु दीक्षीत

dikshant

गुवाहाटी(असम): केन्द्रिय राज्य वन सेवा अकादमी, बर्नीहाट, असमको दीक्षान्त समारोह सम्पन्न भएको छl २४ महिनाको प्रशिक्षण पछि सो दीक्षान्त समारोह आयोजना गरिएको छ।दीक्षान्त समारोहमा प्रशिक्षीत ब्याचमा राजस्थानका ४३ अधिकारी , उत्तर प्रदेशका ०३ अधिकारी लगायत ४६ एसएफएस अधिकारीहरु सहभागी छन्।
सो दीक्षान्त समारोह डा. सी. रमेश आईएफएस, फील्ड डाइरेक्टर मानस नेशनल पार्क एण्ड टाइगर रिजर्भ, असम सरकार र सीए रहमान आईएफएस (सेवानिवृत्त)का मुख्य उपस्थितिमा सम्पन्न भएको थियो। विशिष्ट अतिथिहरूले पाठ्यक्रमको लागि अनर्स डिप्लोमा, पास डिप्लोमा र पदक प्रदान गरेका थिए। मुख्य अतिथि डा. सी रमेश आईएफएसले दीक्षान्त समारोहमा बोल्दै अधिकारीहरूलाई उनीहरूको प्रशिक्षण सफलता पुर्वक समापनभएकोमा धन्यवाद सहित कार्यकालको सफलताको कामना गरेका छन्।
सीए रहमान आईएफएस (सेवानिवृत्त)-ले आफ्नो दीक्षान्त भाषणमा अधिकारीहरूसित विनम्रता अनि दृढ़तापूर्वक आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न प्रशिक्षणले मद्द्त गर्ने बताए। सो अवसरमा अकादमी पत्रिका अरण्यम र अधिकारी प्रशिक्षक – सत्यपाल सिंहद्वारा पुस्तिका सीएएसएफओएस डायरिज -को पनि विशिष्ट अतिथिहरूद्वारा विमोचन गरिएको थियो।
स्वागत भाषण कोर्स डाइरेक्टर डा. एलसी बन्दना आईएफएसले राखे भने अकादमीका प्रिन्सिपल राहुल एम रोहाने आईएफएसले वर्ष २०२२-२४ एसएफएस इण्डक्शन कोर्सको कोर्स रिपोर्ट प्रस्तुत गरे। यसरी नै परीक्षा नियन्त्रक डा. एलसी बन्दनाले परिणाम घोषणा गरे भने वैज्ञानिक-सी डा. मोहम्मद सिराज अन्सारीले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement