डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार सार्की समाजको सचिव रवि तोलङ्गीलाई प्रदान गरिने

IMG-20241205-WA0215

खरसाङ: भारतीय दलित साहित्य अकादमी नयाँ दिल्लीबाट प्रदान गरिने डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार यस वर्ष खरसाङ भारतीय गोर्खा सार्की खरसाङ महकुमाको‌ सचिव रवि तोलङ्गीलाई प्रदान गरिने भएको छ। दलितहरुको हितमा सदैव कार्य गर्ने व्यक्तिलाई प्रदान गरिने डा भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ। यस वर्ष दलितहरुका हितमा साथै समाज हितमा सदैव कार्य गरिरहने खरसाङ भारतीय गोर्खा सार्की समाजको सचिव तथा खरसाङको वार्ड नम्बर १०, गाँधी ग्राम निवासी रवि तोलङ्गीलाई प्रदान गरिने जानकारी सार्की समाजको तर्फबाट सभापति योगेन्द्र मंग्रातीले दिएका छन्। रवि तोलङ्गीलाई उक्त पुरस्कार आगामी ८ दिसम्बरमा‌ नयाँ दिल्लीमा‌ प्रदान गरिने जानकारी प्राप्त भएको छ। उनलाई डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार प्रदान गरिने घोषणा भएपछि रवि तोलङ्गीले हर्षवोध गर्दै जाति हित र समाजको लागि अझै धेरै कार्य गर्ने नयाँ ऊर्जा प्राप्त भएको बताएका छन्। उक्त पुरस्कारको ‌लागि आयोजक समितिक र पुरस्कार चयन समितिलाई धन्यवाद ज्ञापन गरेका छन्।‌ उक्त पुरस्कारको ‌लागि सार्की समाज खरसाङको तर्फबाट सभापति योगेन्द्र मंग्राती, उप सभापति अर्जुन सार्की, सह सचिव निरज मंग्राती लगायत सम्पुर्ण सार्की समाज खरसाङको कार्यकारी समितिले डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कारको लागि सचिव रवि तोलङ्गीलाई बधाई तथा शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement