दक्षिण कोरियामा रक्षामन्त्रीले दिए राजीनामा

00-1-South-Korea-Defence-Minister

बिहीबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले आफ्ना रक्षामन्त्री किम योङ-ह्युनको राजीनामा स्वीकार गरेका छन्। रक्षामन्त्रीले उनलाई मार्शल ल लागू गर्न सुझाव दिएका थिए। किम योङ ह्युनले बिहीबार राजीनामा दिएका छन् र घटनाको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। किम योङ-ह्युन एक सेवानिवृत्त सेना जनरल हुन् र राष्ट्रपति युनसँग एउटै विद्यालयमा पढेका थिए। सेप्टेम्बरमा सुनुवाईको क्रममा किमले देशमा असहमतिलाई दबाउन मार्शल ल लागू गर्न सकिन्छ भन्ने विपक्षीको आरोपलाई अस्वीकार गरे, यसलाई झुटो प्रचार भने। रक्षामन्त्रीको हैसियतमा किमले उत्तर कोरिया विरुद्ध कडा अडान लिएका थिए र संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको दीर्घकालीन गठबन्धनलाई बलियो बनाउने प्रयास गरेका थिए। विपक्षी डेमोक्रेटिक पार्टीले किम योङ ह्युनलाई देशद्रोहको आरोपमा महाभियोग लगाउन माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement