नेपाल–भारत सीमा नाकाबाट हतियारसहित एक जना पक्राउ

IMG-20241205-WA0204-copy

सिलगढी: नेपाल–भारत सीमानाबाट देशी पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। नेपाल–भारत सीमामा रहेको एसएसबीका जवानलाई पानीट्यांकी क्षेत्रमा एक युवक भरुवा बन्दुक लिएर घुमिरहेको गोप्य स्रोतबाट सूचना पाएको थियो। त्यसपछि युवक पक्राउ परे। उनको साथबाट हतियार बरामद भएको छ। पछि एसएसबीका अधिकारीहरूले उनलाई खरीबारी पुलिस  चौकीमा बुझाए। पक्राउ परेका युवकको नाम मोहम्मद मिराज (३३) हो, जो नक्सलबारी तोताराम क्षेत्रका हुन्। आज उनलाई सिलगढी अदालतमा पेश गरियो। खोरीबारी पुलिस चौकीले उक्त हतियार कहाँबाट ल्याएको र कहाँ बेच्न लगिएको भन्ने विषयमा अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement