विधायकले गरे  कार्ला नदीमा निर्माणाधीन बाँधको कामको निरीक्षण

IMG-20241205-WA0196

 जलपाईगढी: कार्लानदीको बढ्दो पानीलाई रोक्न ७०० मिटर बाँध निर्माणको काम भइरहेको छ, आज विधायक त्यहाँ गएर जलपाईगढी नगरपालिकाको वार्ड नम्बर २५ को परेश मित्र कोलोनीसहितको ठूलो क्षेत्रको निरीक्षण गरे। हरेक वर्ष मनसुनमा कार्ला नदीको पानीले भरिएर यस क्षेत्रका जनताको जनजीवन कष्टकर बन्ने गरेको छ। त्यसैले बाँधको मागलाई लिएर स्थानीयले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। अन्ततः करिब ७ सय मिटर लामो बाँध निर्माणको जिम्मा सिँचाइ विभागले लिएको छ। बाँध बनेपछि कार्ला नदीको पानीले यस क्षेत्रका बासिन्दालाई डुबानको समस्याबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ।

यस सन्दर्भमा जलपाईगढी सदर विधानसभा क्षेत्रका विधायक डा प्रदीप कुमार वर्माले भने, ‘यो क्षेत्र धेरै वर्षदेखि कार्ला नदीको पानीमा डुबेको छ। अब समस्या समाधान हुनेभएकाले सिँचाइ विभागले बाँध निर्माणको काम थालेको छ।‘ बाँध निर्माणका सम्बन्धमा वार्ड न० २५ का पार्षद पौलमी दासले हरेक वर्ष कार्ला नदीको पानीले सो क्षेत्रमा बाढी आउने गरेकोले बाँध निर्माण सम्पन्न भएपछि समस्या समाधान हुने अपेक्षा गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement