मस्कट (ओमान): भारतीय जूनियर पुरुष हकी टीमले बुधवार ओमानको राजधानी मस्कटमा जूनियर एशिया कपको खिताब जित्यो। भारतले हाई स्कोरिंग फाइनलमा पाकिस्तानलाई ५-३ ले पराजित गरी आफ्नो खिताब बचायो। अरिजीत सिंह हुन्दलको ४ गोलको सहायताले गत च्याम्पियन भारतले चीरप्रतिद्वन्दी पाकिस्तानलाई पराजित गरी खिताबी ह्याट्रिक पूरा गऱ्यो। यस महाद्वीपीय टुर्नामेण्टमा भारतले यसअघि २००४, २००८, २०१५ र २०२३ मा पनि खिताब जितेको थियो। कोरोना महामारीले गर्दा २०२१ मा टुर्नामेण्टको आयोजन गरिएको थिएन। हकी इण्डियाले च्याम्पियन टीमका प्रत्येक खेलाड़ीलाई २ लाख र प्रत्येक सहयोगी स्टाफलाई १ लाख रुपियाँको नगद पुरस्कार दिने घोषणा गऱ्यो। अरिजीत सिंह हुन्दलले म्याचको चौथो, १८औं र ५४औं मिनटमा तीनवटा पेनल्टी कर्नरलाई गोलमा परिणत गरे। त्यसपछि उनले ४७औं मिनटमा आफ्नो चौथो गोल दर्ता गरे। भारतको निम्ति एक अन्य गोल दिलराज सिंहले १९औं मिनटमा गरे। पाकिस्तानको तर्फबाट सूफियान खानले ३०औं र ३९औं मिनटमा पेनल्टी कर्नरबाट २ गोल गरे। यसबाहेक हन्नान शाहिदले तेस्रो मिनटमा गोल गरे।